कामना सेवा विकास बैंकको शाखा विस्तार «

कामना सेवा विकास बैंकको शाखा विस्तार

कामना सेवा विकास बैंकले इलाम जिल्लाको रोङ गाउँपालिकाको सलकपुरमा शाखारहित सेवा विस्तार गरेको छ ।
बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने अभियान अन्तर्गत सो शाखारहित सेवाको मोबाइल एपमार्फत शुभारम्भ गरेको छ ।
रोङ गाउँपालिका–६ सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोनका यामप्रसाद अधिकारीलाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ६ का वडा सदस्य धिरज राईले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।
शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधा प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्