कैलाश विकास बैंकको शाखा कैलालीमा

कैलाश विकास बंैकको नेपालका सबै प्रदेशमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्यअनुरुप सुदूरपश्चिमको औद्योगिक तथा व्यापारिक नगरी तथा प्रदेश नं. ७ को वर्तमान राजधानी कैलाली जिल्लाको धनगढीमा आफ्नो ४३ औं शाखा स्थापना गरी सोमबारदेखि कारोबारको शुभारम्भ गरेको छ । उक्त शाखाको शुभारम्भ नेपाल राष्ट्र बैंकका कामु निर्देशक रमेश आचार्यले गरको बैंकले जनाएको छ ।
बैकका अनुसार यस नयाँ शाखासहित बैंकको शाखा संख्या ४२ पुगेका छन् भने एटीएम संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा रुपन्देही जिल्लाको भैरहवा, झापा जिल्लाको दमक, मोरङ जिल्लाको विराटनगर तथा पर्सा जिल्लाको वीरगन्जमा गरी थप चार शाखाहरू सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।