प्रित ट्याक्टर खरिदमा बजाज डिस्कभर मोटरसाइकल उपहार

नेपालगन्जमा सञ्चालन भइरहेको पहिलो प्रादेशिक औद्योगिक महोत्सवमा प्रित ट्याक्टर कम्पनीले ट्याक्टर खरिद गर्ने ग्राहकलाई १२५ सीसीको बजाजको डिस्कभर मोटरसाइकल उपहार दिने योजना ल्याएको छ ।
महोत्सवमा स्टल राखेको सो कम्पनीले महोत्सव अवधीभरिमा ट्याक्टर खरिद गर्ने ग्राहकलाई २ वटामध्ये एउटा उपहार दिने जनाउँदै खरिद गर्ने ग्राहकलाई १२५ सीसीको बजाजको डिस्कभर मोटरसाइकल वा २ हजार लिटर डिजेल, ३२ इन्चको एलइडी टीभि र ट्याक्टरको एक वर्षको कर र बिमा फ्रीमध्ये एक उपहार दिइने जनाएको छ ।
केही समय अघि सो ट्याक्टरको प्रचार–प्रसारसँगै बिक्री बढाउनका लागि बाँके र बर्दियामा आयोजना गरिएको सप्ताहब्यापी रोड शोको बेला चलाइएको सो उपहार योजनालाई महोत्सव अवधिभरका लागि पनि चलाइएको प्रित ट्याक्टरको स्थानीय बिक्रेता युनाइटेड मोटर्स सप्लायर्स प्रालिका बिक्री तथा बजार प्रबन्धक डम्बर बिसीले बताए ।
उनले एक ट्याक्टर खरिदमा दुईमध्ये जुनसुकै उपहार लिए पनि सोको मूल्य २ लाख २५ हजार बराबरको रहेको जनाएका छन् । प्रित ट्याक्टरको स्टलमा ठूलो संख्यामा किसानहरूको आकर्षण देखिएको जनाउँदै महोत्सव अवलोकन गर्न आउनेहरूले उपहार योजनाका बारेमा जानकारी लिने गरेको प्रित ट्याक्टरको मुख्य बिक्रेता फरचुना अटोमोबाइल्स प्रालि काठमाडौंको नेपालगन्जस्थित कार्यालयका क्षेत्रीय प्रबन्धक सुशील भट्टराईले बताए ।
प्रित ट्याक्टर खरिद गर्ने ग्राहकलाई आजिवन निःशुल्क सर्विसको व्यवस्था गरिएकाले सो ट्याक्टर खरिदमा किसानको आकर्षण बढ्दै गएको उनले जनाए ।
३५ देखि ९० हर्सपावरको क्षमतामा उपलब्ध रहेको सो ट्याक्टर भारतको पन्जाबको पटियालामा निर्माण गरिएको तथा भारतमा पनि सबैभन्दा बढी बिक्री हुँदै आएकोले नेपालमा पनि त्यसको माग उच्च रहेको उनले बताए । १० लाखदेखि २१ लाखसम्मको मूल्यमा सो ट्याक्टर बिक्री भइरहेको छ ।