केएल दुगड समुहकोे ज्ञान मखाना बजारमा «

केएल दुगड समुहकोे ज्ञान मखाना बजारमा

केएल दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ ।
केएल दुगड समुहले ज्ञान चक्की आँटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि बजारमा उपलब्ध गराउँदै आएको छ ।
खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परीक्षण गरी उपभोगको लागि योग्य रहेको ठह¥याएको कम्पनीको दावी छ । लिलीफूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वले भरिपूर्ण रहेको कम्पनीको भनाइ छ ।
उपवासको समयमा बढी उपयोग हुने मखाना दैनिक खाजाको रूपमा पनि प्रयोग गर्न सकिन्छ । मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ । यो खीरसहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन पनि प्रयोग गर्न सकिन ेकम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्