यामाहाको नयाँ वर्ष अफरका विजेता घोषित

यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एम एड ब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सुरु गरेको अफराका विजेता घोषाण गरेको छ ।
उक्त अफरको विजेता काठमाडौं निवासी तेञ्जिङ लामा भएका छन् । हिमालयन टिभीमार्फत प्रत्यक्ष प्रशारण गरिएको बिजेता घोषणामा ‘लक्की ड्र’ मार्फत लामा विजेता भएका हुन् । कम्पनीले विजेता लामालाई २०लाख ७९ हजारको चेक यामाह ाशोरुम, त्रिपुरेश्वरबाट हस्तान्तरण गरेको छ ।
कम्पनीका अनुसार नेपालमा सार्वजनिक गरिएको अफरमध्ये अहिलेसम्मकै सबैभन्दा भारी नगदराशी भएको उक्त नयाँ वर्ष अफर १ चैतबाट १५ जेठसम्म चलाइएको थियो । यसका अतिरिक्त, उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनै पनि सवारीसाधन कम्पनीको अधिकारिक शोरूमबाट खरिद पश्चात स्योरसट २०७९×४= ८ हजार ३१६ देखि २०७९×१००=२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्ने मौका पनि प्रदान गरिएको थियो । कम्पनीका अनुसार ग्राहकहरूले यामाहाको आधिकारिक वेबसाइटमा दैनिक रूपमा खेलाइएको डिजिटल ज्याकपटमा सहभागी भइउल्लेखि तनगद उपहार जितेका थिए ।
बम्पर बिजेता लामाले पोखरास्थित भिएडब्लू इण्टरप्राइजेजबाट यामाहा रेजेड आर १२५ सिसिको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रतिलिटर ५८ किलोमिटर(औसतमा) माइलेज प्रदान गर्ने बजारमा एकमात्र स्कुटर रहेको कम्पनीको दाबी छ ।