Logo

तरलता अभावमै सन्राइज बैंकले भित्र्यायो वैदेशिक ऋण

सन्राइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै सिमबायोटिक्स स्वीटजरल्याण्डबाट ३ वर्षका लागि २ अर्ब ३७ करोडको वैदेशिक ऋण भित्र्याएको छ ।
देशमा तरलता अभाव रहेकोे अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने विस्वास लिएको बैंकले जनाएको छ ।
उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण बिस्तार गर्नका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केही हदसम्म मजबुद पार्न मद्दत गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।
सिमबायोटिक्सले बैंकको वित्तीय सूचकाङ्क, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्यनजर गरी सो ऋण प्रदान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्