बराबरी हैसियतमा प्रभु र महालक्ष्मी लाइफ मर्जरमा जाने

प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको भएको छ ।
दुवै कम्पनीबीच बराबरी हैसियतमा मर्जरको सहमति भएको हो । सहमति पत्रमा प्रभु लाइफका अध्यक्ष सुवास अमात्य र महालक्ष्मी लाइफका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका हुन् । मर्जर पछि बन्ने कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ रहने सम्झौतामा उल्लेख छ ।
मर्जर पछि बन्ने कम्पनीले सर्वसाधारण र संस्थापकको सेयर संरचना मिलाउन एफपीओ निष्काशन गर्नु पर्नेछ । अहिलेको अवस्थामा मर्जर हुँदा संस्थापक सेयर पुँजी ८५ प्रतिशत हुनेछ भने सर्वसाधारण सेयर पुँजी १५ प्रतिशत हुनेछ । त्यसैले कम्पनीले कम्तिमा पनि ३० प्रतिशत कायम गर्न ९० लाख कित्ता एफपीओ जारी गर्नु पर्नेछ ।