एसबिआई बैंकको एक्सटेन्सन काउन्टर लुम्बिनी विकास कोष परिसरमा «

एसबिआई बैंकको एक्सटेन्सन काउन्टर लुम्बिनी विकास कोष परिसरमा

नेपाल एसबिआई बैंकले लुम्बिनी विकास कोष परिसर लुम्बिनीमा एक्टेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ ।
सो काउन्टरको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव इसाला रुवान विराकूनले उद्घाटन गरेका छन् ।
उक्त समारोहमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, तथा लुम्बिनी विकास कोषका कोषाध्यक्ष धुण्डीराज भट्टराई, सदस्य सचिव सानुराज शाक्यका साथै बैंकका अन्य कर्मचारी तथा लुम्बिनी विकास कोषका कर्मचारी उपस्थिति थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषलाई १०० वटा डस्टबिन हस्तान्तरण गरेको थियो ।
यस पहलले लुम्बिनी क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै पर्यटकीय तथा तीर्थयात्रीको आरामदायी बसाइमा समेत सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । सोही कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका महासचिव विराकुनले पीओएस मेसिनमार्फत डिजिटल डोनेसनको पनि उद्घाटन गरे ।
डिजिटल डोनेसनको सुरुवात गर्नाले लाखौं स्वदेशी तथा विदेशी आगन्तुकलाई सहज हुने अपेक्षा लिएको बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्