विशेष समितिले अर्थका दुवै सचिवसँग छलफल गर्ने «

विशेष समितिले अर्थका दुवै सचिवसँग छलफल गर्ने

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण नआएकाले ठोस एजेण्डामा छलफल हुन नसकेकोे समितिका सचिव सुरेन्द्र अर्यालले बताए । उनले बुधबार अर्थ मन्त्रालयलाई पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण माग गरेपनि नआएको र बिहीबार कार्यालय सयमभित्र आउने अपेक्षा गरेको बताए । सचिव शर्माले समितिले तोकिएको समयमा नै छानबिन प्रतिवेदन तयार गर्ने दृष्टिकोण सहितको कार्यतालिका भने पास गरेको बताए ।
उनले तोकिएको समयसीमाभित्रै अध्ययन प्रतिवेदन लेख्नेगरी काम गर्ने सहमति भएको बताए ।सचिव अर्यालले बिहीवार पनि समितिको सभापति भने चयन हुन नसक्दा ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक बसेको बताए ।
सचिव अर्यालले शुक्रबार बिहान १० बजे समितिको बैठक बसेर मन्त्रालयबाट आएको काजग तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थ सचिव र राजस्व सचिवसँग छलफल गरिने बताए । तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्य रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्