तीन स्थानीय तहको बेरुजु शून्य «

तीन स्थानीय तहको बेरुजु शून्य

महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्यूठानका दुई स्थानीय तहको बेरुजु रकम शून्य रहेको छ ।
बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ मा प्यूठानका मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो ।
प्रतिवेदनअनुसार ७५३ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहको बेरुजु शून्य रहेको छ । प्यूठानका दुईसहित ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको बेरुजु शून्य भएको हो । प्रचलित विधान, विधि र कानुनअनुसार कार्य सम्पन्न गर्दा बेरुजु शून्य हुन पुगेको मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताए । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को बेरुजु रकमसमेत समपरीक्षण गरी बेरुजु शून्य भएको प्रशासकीय अधिकृत थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्