Logo

विधेयक पारित भएकोमा चिकित्सक संघको स्वागत

नेपाल चिकित्सक संघले संसद्बाट ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित भएकोमा स्वागत गरेको छ । संघले बिहीबार पत्रकार सम्मलन गर्दै बुधवार प्रतिनिधिसभाले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई पारित गरेकोमा स्वागत गरिएको जानकारी दिएको हो ।
विधेयक पारित भएसँगै चिकित्सकहरुलाई अमर्यादित व्यवहार रोकिने र चिकित्सकहरुको सुरक्षा हुने विश्वास संघले व्यक्त गरेको छ । पारित भएको विधेयकमा कसैले स्वास्थ्य संस्थामा आगजनी गरेमा निजलाई पुर्पक्षको लागि थुनामा राखी २ वर्षदेखि पाँच वर्ष कैद वा २ देखि ५ लाख रुपैयाँ सम्म जरिबाना र दुवै सजाय हुने व्यवस्था गरिएको छ । त्यस्तैगरी स्वास्थ्य संस्थामा तोडफोड गरी हानी नोक्सानी पु¥याएमा र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई कुटपिट गरेमा निजलाई पुर्पक्षको लागि थुनामा राखी ३ वर्ष कैद वा ३ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यो व्यवस्था गर्नका लागि आफूहरुले निकै मिहिनेत गर्नुपरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । उनले कानुनको कार्यान्वयन हुनेमा विश्वास पनि व्यक्त गरे ।
उनले यस किसिमको व्यवस्था गरिएको विधेयक पारित हुनु चिकित्सा शिक्षाका लागि ऐतिहासिक उपलब्धी भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्