Logo

सभापतिले सबैलाई समेटेर लैजान नसकेको आरोप

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई समेटेर जान नसकेको आरोप लगाएका छन् ।
बिहीबार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता केसीले यस्तो बताएका हुन् । उनले नीति निर्णयको प्रक्रियामा न्यायोचित साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताए । उनले आफूसँग महाधिवेशमा पराजित डा. शेखर कोइरालालाई पनि सम्मान गरेर पार्टी कार्यालयमा नै कोठा दिनुपर्ने बताए । पदाधिकारीहरु बोलाएर गुटको भेला गरेको प्रश्नमा उनले पार्टी केन्द्रीय कार्यालयमा कोठा नदिएपछि बाहिर होटलमा जान बाध्य भएको बताए । नेता केसीले अहिले पार्टीमात्र नभई लोकतन्त्र र राष्ट्रियतालाई नै गम्भीर चुनौतीको स्थितितिर गएको बताए । उनले देश एकपछि अर्को चक्रव्यूह भित्र फसिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्रको रुपमा नेपाल फसेको बताए । नेता केसीले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकताका बिरुद्ध उत्रिएको कांग्रेसले अहिले पुनः सोही कार्य दोहो¥याएको बताए । उनले देश आर्थिक संकटोन्मख रहेका बेलामा ८४ करोड रुपैयाँको हतियार खरिद किन गर्नुप¥यो भन्दै प्रश्न गरे । उनले देशमा अहिले भ्रष्टाचारको महामरी रहेको दाबी गरे । नेता केसीले सहमति, एकता, मेलमिलाप गर्नु आत्मसमर्पण गर्ने नभएको उल्लेख गर्दै नीति निर्णयको प्रक्रियामा न्यायोचित साझेदारी गर्न सभापति देउवाको ध्यानाकर्षण गराए ।

बक्स
केन्द्रीय समितिमा निर्वाचनबारे छलफल

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनका बारेमा छलफल भएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको चौथो दिनको बैठकमा आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रिय सदस्यहरुले आफ्ना कुरा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले पार्टीलाई सुदृढ बनाउँदै जाने बारेमा पनि छलफल भएको बताए । प्रवक्ता महतले आजको बैठकमा सरकारले वर्ष दिनमा गरेको कामका बारेमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुँदागत रुपमा जानकारी गराएको बताए । प्रवक्ता महतले पार्टीले साउन १ वा २ गते अन्तिम निष्कर्ष निकालेर निर्णय गर्ने जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस्