सामसङद्वारा ग्यालेक्सी जेसेवेन एनएक्स्टी ३२ जीबी सार्वजनिक

सामसङले नेपाली बजारमा ग्यालेक्सी जेसेवेन एनएक्स्टी सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभूतिका लागि ५.५ इञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको भन्दै यसले विस्तृत विवरण र वास्तविक रंग सम्प्रेसन गरी प्रयोगकर्तालाई उत्कृष्ट दृश्यानुभव प्रदान गर्ने जनाएको छ । ग्यालेक्सी जेसेवेन एनएक्स्टीमा सहज परिचालनअ अनुभवका लागि शक्तिशाली एक्जिनोस ओक्टा कोर प्रोेशेसर १.६ जीएचजेड प्रोसेसरको प्रयोग गरिएको छ ।
कमपनीका अनुसार यसमा रहेको अत्याधुनिक अक्टाकोर प्रोसेसर र ३ जीबी ¥यामले डाउनलोड गर्न, गेम खेल्न, एकबाट अर्को एप्समा स्विच गर्नेलगायत कार्य सहजरुपमा गर्न सघाउँछ । फोनमा आन्तरिक सञ्चय क्षमताका लागि ३२ जीबी क्षमताको रोम उपलब्ध गरिएको छ । प्रयोगकर्ताले आवश्यकता पर्दा आफ्नो इच्छाअनुसार एसडी कार्डको माध्यमबाट यसलाई २ सय ५६ जीबीसम्म बढाउन सक्छन् । फोनमा कम्पनीले सेल्फी तथा रियर सटमा उत्कृष्टताका लागि दुइटा शक्तिशाली क्यामेरा जडान गरेको छ भन्दै कमपनीले रियर सटका लागि फोनमा एफ १.९ एपर्चरसहितको १३ मेगापिक्सेल क्षमताको क्यामेरा उपलब्ध गरिएको जनाएको छ । साथै फोनको प्रयोग दिनभर गर्नुपर्दा ब्याट्रीका कारण उत्पन्न हुन सक्ने समस्यालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ३ हजार एमएएच क्षमताको शक्तिशाली रिमुभेवल ब्याट्रीको प्रयोग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मूल्य २१ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको ग्लालेक्सी जेसेवेन एनएक्स्टी कम्पनीले सिल्भर, गोल्ड र ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गरेको छ ।