Logo

गण्डकी र बागमती राष्ट्रपति रनिङ सिल्डको फाइनलमा

केन्द्रीय स्तरको १२ औं राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेश दोहोरो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषतर्फको समूह चरणको खेल गण्डकीले बागमती र सेमिफाइनलको अर्को खेलमा कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो । बुधबार दोहोरो जित निकाल्ने क्रममा गण्डकीले समूह चरणको अन्तिम खेलमा गण्डकीले बागमतीलाई २५–० र २५–२० को सेटमा पराजित गर्दा अर्को सेमिफाइनल खेलमा कर्णालीलाई २५–१५ र २५–१७ ले हराएर अन्तिम दुईमा स्थान बनाएको हो । प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई समान २–० को सोझो सेटमा स्तब्ध बनायो ।
यस्तै प्रतियोगिता अन्तर्गत बुधबार नै सम्पन्न महिला तर्फको खेलमा भने बागमती प्रदेशले पनि दोहोरो जित निकाल्यो । समूह चरणको खेलमा सुदूरपश्चिमलाई २५–११ र २६–२४ ले हराएको बागमतीले गण्डकीलाई २५–१४ र २५–१३ ले हराउँदै फाइनलमा प्रवेश ग¥यो । अर्को खेलमा लुम्बिनीले कर्णालीलाई पनि सोझो सेटमा स्तब्ध बनायो । पहिलो सेटमा २५–१० को सहज अग्रता बनाएको लुम्बिनीले दोस्रो सेटमा पनि २५–१३ को जित निकालेको थियो । फाइनल खेल बिहीबार हुनेछ ।
रनिङ शिल्ड प्रतियोगितामा पाँच प्रदेशले सहभागिता जनाएका छन् । प्रदेश १ र मधेश प्रदेशबाट प्रतिनिधित्व छैन ।

प्रतिक्रिया दिनुहोस्