इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न «

इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न

कमलपोखरीस्थित इस्लिङटन कलेजको सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
समारोहमा सन् २०२० मा स्नातक तह अन्तर्गत बिएससी कम्प्युटिङ, बिएससी कम्प्युटर नेटवर्क एन्ड आइटी सेक्युरिटी र बिएससी मल्टिमिडिया प्रविधिका ५ सय २ जना विद्यार्थी सहभागी थिए । दिक्षान्त समारोहमा सन् २०२० मा स्नातकोत्तर तहअन्तर्गत एमएससी सूचना प्रविधि विषयका १९ जना विद्यार्थी दिक्षीत भएका छन् ।
त्यसैगरी, सन् २०२१ मा स्नातक तहअन्तर्गत बिएससी कम्प्युटिङ, बिएससी कम्प्युटर नेटवर्क एन्ड सेक्युरिटी र बिएस मल्टिमडिया प्रविधि विषयमा अध्ययन पूरा गरेका ७ सय ३२ जना विद्यार्थी दिक्षीत भएका छन् । साथै, सन् २०२१ शैक्षिक सत्रमा स्नातकोत्तर तहअन्तर्गत एमएससी सूचना प्रविधि तह पूरा गरेका ४६ जना विद्यार्थी दिक्षान्त समारोहमा सहभागी थिए ।
कोभिड संक्रमणको कारण विगत दुई वर्ष दिक्षान्त समारोह हुन सकेको थिएन । यो वर्षमा सन् २०२० र २०२१ को दिक्षान्त समारोह एकैसाथ आयोजना गरिएको हो । महामारीका कारण सन् २०२० र २०२१ मा दिक्षान्त समारोह स्थगित भएको थियो। कलेजले अब सबै कार्यक्रमलाई नियमितता दिने बताएको छ ।
समारोहमा सन् २०२० बिजनेस डिग्रीमा स्नातक तह गर्ने ७४ र सन् २०२१ मा बिजनेस एड्मिनिस्ट्रेसन र एमबिएमा तह पूरा गर्ने १ सय १९ विद्यार्थी पनि दिक्षीत भएका छन् ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज आइएनजी ग्रुपद्वारा सञ्चालित छ । दिक्षान्त समारोहमा विश्वविद्यालयका सैक्षिक साझेदारी प्रमुख डा. वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्