सिटी एक्सप्रेस मनी ट्रान्सफरले मनायो १६औं वार्षिकोत्सव «

सिटी एक्सप्रेस मनी ट्रान्सफरले मनायो १६औं वार्षिकोत्सव

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १६ औं वार्षिकोत्सव मनाएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘समृद्धिको उत्सव’ भन्ने नाराका साथ १६ औं वार्षिकोत्सवको अवसरमा १६ वर्षसम्मको निरन्तर यात्रामा सहयात्री भई साथ दिने ग्राहक, नियामक निकाय एवम् साझेदार संस्थाहरूमा धन्यवाद व्यक्त गरे । कम्पनीले आगामी दिनमा अझ सुदृढ सेवा र सुविधा दिँदै ग्राहकको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मसाथ गर्दै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्