महिन्द्रा टु ह्वीलरको केयर क्बल सुविधा «

महिन्द्रा टु ह्वीलरको केयर क्बल सुविधा

नेपालका लागि महिन्द्रा टु ह्वीलहरूको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै महिन्द्रा टु ह्वीलर केयर क्लबअन्तर्गत विशेष सुविधा एवं छुटको व्यवस्था गरेको छ । यो सुविधा माघ १७ गतेदेखि सुचारु गरिएको छ । साथै यस अवसरमा माघ १७ देखि १९ गतेसम्म ३ दिनका लागि सामाखुसीको सर्भिस सेन्टरमा फ्री सर्भिसिङको साथै एक्सचेन्ज क्याम्पको व्यवस्था पनि मिलाएको छ । आफ्ना ग्राहकहरूलाई बिक्री पछिको गुणस्तरीय एवं जिम्मेवार सेवा प्रदान गर्ने लक्ष्यसहित अग्निमोटो इन्कले केयर क्लबको सेवा सुचारु गरेको हो । यस क्लबमा आबद्ध भएपछि ग्राहकले एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ तथा २ पटकसम्म आफ्नो मोटरसाइकल/स्कुटर वासिङ गर्न सकिनेछ । यसका अतिरिक्त जेन्यून पार्ट्सहरूको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट पनि मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्