Logo

एनआईसी एसिया बैंकको ‘नगद रिसाइक्लर’ सेवा सुरू

एनआईसी एसिया बैंकले नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने ‘नगद रिसाक्लर’ सेवाको शुभारम्भ गरेको छ ।
सेवा सुरुवात भएसँगै बैंकका ग्राहकले सहजरूपमा बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्ने बैैंकले जनाएको छ ।
ग्राहकहरूले बैंकमा गई कुनै भौतिक फारमबिना केवल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकले उल्लेख गरेको छ । यस मेसिनबाट एक हजार र पाँच सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । एक जनाले दैनिक अधिकतम् ९९ हजार पाँच रुपैयाँसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको बैंकले जनाएको छ ।
बैंकको नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले ‘नगद रिसाक्लर’ मेसिनमा डेबिट कार्ड राखेर एटीएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने बक्स खुल्नेछ । उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहजरूपमा मौज्दात गरिदिने र त्यसको जानकारीसमेत एसएमएस तथा रिसिप्टमार्फत प्राप्त हुने व्यवस्था बैंकले गरेको जनाएको छ ।
बैंकले यो सेवा हालका लागि आफ्नो कर्पोरेट अफिस शाखा थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखामा समेत विस्तार गर्ने योेजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्