सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ ।
यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंकका डेबिट कार्डलगायत क्रेडिट कार्डवाहकले सम्बन्धित कार्डको सर्त बन्देज तथा सुविधाको अधिनमा रहि क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकलाई थप सुविधा प्राप्त हुने बताइएको छ । मोको डिजिटल वालेटमा कार्ड लोड गरिसकेपछि विभिन्न प्रयोजनका लागि भौतिक कार्डकोसमेत आवश्यकता पर्ने छैन ।
क्रेडिट कार्डवाहकले समेत क्यूआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुने बताइएको छ ।
उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबद्र्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन् ।