ज्योतिविकास बैंकको नयाँ शाखा दमकमा «

ज्योतिविकास बैंकको नयाँ शाखा दमकमा

प्रमुख अथिति नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य तथा विशेष अतिथि दमक नगरपालिका–६ का अधक्ष्य टेकबहादुर थापाद्वारा एक कार्यक्रमकाबीच मंगलबार संयुक्त रूपमा ज्योति विकास बैंक दमक शाखा कार्यालयको उद्घाटन गरे । यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँशाखा सञ्चालनमा ल्याउने लक्ष्य रहेको भन्दै बैंकले सञ्चालनमा आएको १० औं वर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे पनि जनाएको छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकर सेवा, एटीएम सेवा, ३६५ दिने बैंकिङ सेवासमेत उपलब्ध गराएको छ ।
निमित्त प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढी खाताबाट १३ अर्ब ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणीमार्फत १२ अर्ब ४३ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकले हालै जारी गरेको बोनस सेयरसमेत गरी कुल चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्