Logo

बंगुर नबिक्दा किसान चिन्तित

मासुु र पाठापाठी बिक्री नभएपछि धनकुटाका बंगुुरपालक किसान समस्या परेका छन्् । १५ वर्ष वैदेशिक रोजगारीमा गएर गाउँ फर्किएसँगै बंगुर पालन सुरु गरेका धनकुटाको साँगुरीगढी गाउँपालिकाका कृषक देवेन्द्र लिम्बुलाई अहिले वंगुरपालन गर्न थालेकोमा चिन्ता बढी रहेको छ ।
विदेशमा कमाएको पैसा लगानी गरेर बंगुर पालन थालेका उनलाई बंगुर नबिक्दा समस्या भएको हो । लिम्बु मात्र नभइ अहिले बेरोजगार र वैदेशिक रोजगारीबाट फर्केका युवासँगै महिलासमेतको आकर्षणको रुपमा बंगुरपालन भए पनि बेला बेला सताउने बजारको समस्याले गर्दा किसान हैरान बनेका छन् ।
जीविकोपार्जनमा र आर्थिक रुपमा सक्षम बनाउन सहयोग पु¥याउने भन्दै स्थानीय तह र विभिन्न संघ संस्थाले सहयोग गर्ने आशासहित स्वरोजगार बन्नका लागि यस पेशामा लागे पनि बजारको समस्या हुँदा असहज भएको लिम्बु बताउँछन् । मासुु र पाल्नका लागि तयार बंगुरका पाठापाठीको बिक्री २ महिना यता ठप्प जस्तै छ ।
यहि समयमा व्यापारीहरुले बंगुरको दानामा ३० प्रतिशतसम्म मूल्यबृद्धि गरेका छन्् । आहाराको भाउ मंहगिएको र हुर्किएका बंगुुर बिक्री नहुँदा उत्पादन लागत बढेर घाटामा परेको बंगुर उत्पादन किसानको गुनासो छ । हुुर्किएका पाठापाठी साविकको मूल्यमा ५० प्रतिशत घटाएर दिँदा पनि किन्ने ग्राहक नपाएको उनीहरुको गुनासो छ ।
उत्पादनका लागि केही सहयोग भए पनि बिक्री गर्नका लागि उचित बजारको दिगो व्यवास्थापन नहुँदा र सरोकारवालाको दीर्घकालिन सोच नहुँदा आउने यस्ता समस्याले पेशा प्रति नै किसानको आकर्षण घट्न सक्ने भएकाले बजारको दीर्घकालिन समाधान गर्नेतर्फ सम्बन्धीत निकायको ध्यान जानुपर्ने बंगुर व्यवसायी संघ धनकुटाका अध्यक्ष रुजन राई बताउँछन् ।
धनकुटामा आधिकारीक रुपमा दर्ता भएका एक सय नौ वटा बंगुर फर्म रहेको भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रको तथ्यांक रहेपनि बंगुर पालमा लाग्ने किसानको संख्या भने यो भन्दा धरै रहेको अनुमान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्