स्वस्तिमा खड्का कोकाकोला मोःमोत्सवमा रमाउँदै «

स्वस्तिमा खड्का कोकाकोला मोःमोत्सवमा रमाउँदै

कोकाकोलाले ‘कोकाकोला मोःमोत्सव’ नामक अभियान सञ्चालन गरिरहेको छ । यसका लागि कोकाकोलाले नेपालका प्रमुख रेस्टुराँहरूका चेन तथा भोजनालयहरूसँग सहकार्य गरेको छ भन्दै यस महोत्सवअन्तर्गत नेपालका लोकप्रिय नायिकाहरू यो अभियानको सहभागी भएर काठमाडौंका विभिन्न आउटलेटहरूको भ्रमण गरिरहेको पनि जनाएको छ । नायिका स्वस्तिमा खड्काले विभिन्न आउटलेटमा भ्रमण गर्दै मःम र कोकाकोलाको स्वाद लिँदै छिन् । स्वस्तिमा एउटा आउटलेटमा पुग्दा शंकरदेव क्यामसका फ्यानबाट घेरिन पुगेकी थिइन् । त्यहाँ उपस्थित फ्यानहरूले उनीसँग सेल्फी तथा फोटो खिचाएका थिए । फ्यानहरूसँग भेट्न पाउँदा उनी निकै खुसी देखिएकी थिइन् । उनले भनिन्, ‘मलाई मःम मन पर्छ तर मैले थोरै परिकारका मःम मात्र खाएकी छु, यो अवसरमा सहभागी भएदेखि विभिन्न प्रकारका मःमको स्वाद लिन पाइरहेकी छु । मःमको स्वाद अति मिठो छ १ मलाई यस महोत्सवको हिस्सा बनाएकोमा कोकाकालोलाई धन्यवाद दिन चाहन्छु । मोःमो उत्सवमा सहभागी भएदेखि सहरमा पाक्ने मःमको वास्तविक स्वाद लिन सफल भइरहेकी छु ।
त्यसमाथि कोकसँग मःम खाँदाको मज्जा बेग्लै छ । विभिन्न आउटलेटका सञ्चालक, कर्मचारी तथा ग्राहकसँग कुरा गर्न पाउँदा आफूलाई गौरववित र भाग्यमानी महसुस ठानिरहेकी छु । समर्थकहरूलाई उनीहरूकै ठाउँमा गएर भेट्ने अवसर प्राप्त भएको छ । यस प्रकारको भेटघाट एकदमै विरलै मात्रामा हुने गर्छ र विभिन्न पुष्ठ भूमिका मानिससँग महत्वपूर्ण समय बिताउन पाउँदा म आफूलाई निकै नै भाग्यमानी ठानी रहेकीे छु ।

 

प्रतिक्रिया दिनुहोस्