सन्राइज बैंकको निःशुल्क आँखा शिविर «

सन्राइज बैंकको निःशुल्क आँखा शिविर

सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलाली जिल्लाको चुरे गाउँपालिकामा निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरेको छ ।
बैंकले अत्तरीयातथा चुरे शाखाको र नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निःशुल्क आँखा चेकजाँच शिविर गरेको छ ।
एक दिने स्वास्थ्य शिविरमा चार सय भन्दा बढीले निःशुल्क आँखा चेकजाँच गराएका थिए । भने औषधी तथा निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । बैंकिङ सेवाका अतिरिक्त सामाजिक उत्तरदायित्व बहन गर्दै सो कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । शिविरमा मोतिबिन्दु देखिएका ३० जनालाई निःशुल्क शल्यक्रिया समेत गरिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्