एनएमबि बैंक र फ्लाइवायरबीच डिजिटल भुक्तानीको सम्झौता «

एनएमबि बैंक र फ्लाइवायरबीच डिजिटल भुक्तानीको सम्झौता

एनएमबिले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली वद्यार्थीलाई लक्षित गरी डिजिटल भुक्तानीका लागि फ्लाइवायर कर्पोरेसनसँग द्विपक्षीय समझदारी गरेको छ ।
यो समझदारीसँगै एनएमबि बैंक फ्लाइवायरको तर्फबाट विश्व भरका एक हजार सात सय भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीका लागि नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीले फ्लाइवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीका लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे । त्यसै गरी रकम प्राप्त हुने संस्थामा पनि ट्युसन शुल्कहरु सजिलै ट्रयाक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरु पूरा गर्नु पर्ने बाध्यता थियो । हाल एनएमबि बैंक र फ्लाइवायरलेसँगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागी एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियूक्त सेवा प्रदान गर्दै छन् ।
“फ्लाइवायरसँगको सहकार्यले हामी ग्राहकहरुका लागि विभिन्न जोखिम हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्द्छौं” एनएमबि बैंकका कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, “हामी विश्वस्त छौं कि यो साझेदारी हाम्रो मूल्यवान ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको एकद्वार समाधानको श्रोतले गर्दा महत्वपूर्ण हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्