Logo

आफ्ना उत्पादनको गुणस्तरमा मंगलमको प्रतिवद्धता

नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भएपनि विगत दुई दशकयता धेरै विकासात्मक परियोजनाहरू सञ्चालन भइरहेका छन् ।
नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको छ । नेपाली निर्माण उद्योगहरू मुख्यतया पूर्वाधार निर्माण, जलविद्युत, सिँचाइ, भवन र अन्य घरजग्गा निर्माणमा संलग्न छन् । निर्माण उद्योगले नेपालमा अशिक्षित, बेरोजगारदेखि दक्ष, अदक्ष र मौसमी श्रमिकहरूको ठूलो जनसंख्यालाई रोजगारीको अवसर प्रदान गरी दोश्रो ठूलो रोजगारदाताको रूपमा रहेको छ । जसले हाम्रो राष्ट्रिय अर्थतन्त्र र जीविकोपार्जनमा ठूलो भूमिका खेल्छ ।
परियोजना सानो ठूलो जस्तोभए पनि निर्माण कार्यमा चाहिने निर्माण सामग्रीमा पनि हरेक निर्माण सामग्री गुणस्तरीय छान्नु महत्वपूर्ण छ । कुनै पनि एक निर्माण सामग्री कच्चा वा गुणस्तरहिन भएमा, त्यसले समग्र निर्माण परियोजनामै दिर्घकालीन असर गर्दछ । रड, सिमेन्ट जस्तै पाइप र फिटिङलाई पनि उतिकै महत्व दिएर गुणस्तरीय छान्नुपर्ने हुन्छ ।
निर्माणको क्रममा राम्रा गुणस्तरको पाइप छनोट गर्न नसक्दा पाइपहरु फुट्ने, चुहिने, खिइएर जाने, पाइपभित्र जीवाणुहरु फैलिने, पाइपमा प्रयोग भएको केमिकल पानीमा मिसिने जस्ता समस्या आउने गर्दछन् । पाइप पर्खालको भित्रपट्टि प्रयोग हुनाले कुनैपनि समस्या आइपर्दा पर्खाल नै भत्काएर झिक्नुपर्ने हुन्छ । जसले संरचनाको स्वरुप नै बदल्छ । यो सबै हुन नदिन सुरुमा नै गुणस्तरीय तथा प्रमाणित पाइपहरुको प्रयोग गरे यस्ता समस्याबाट जोगिन सकिन्छ ।
मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चापदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको दावी गरेको छ ।
मंगलमका सबै उत्पादनहरू आईएसओ प्रमाणित छन् भने मंगलमका सीपीभिसी, पीभिसी र एचडीइपी पाइप आईएसओ साथै नेपाल गुणस्तर पनि प्रमाणित छन् । मंगलम्को यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घरधनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्