धौलागिरि लघुवित्तले पायो आईपीओ निष्काशनको अनुमति

धौलागिरि लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनको अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले संस्थााई सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । साधारण सेयर निष्काशनका लागि लघुवित्तले सन्राइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा यसअघि नै तोकिसकेको छ ।
वित्तीय संस्थाको जारी पुँजी १० करोड ३१ लाखको ३२.१० प्रतिशत बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ नगरपालिका–२ मा रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ । वित्तीय संस्थाले ४४ वटा शाखा कार्यालय र २ वटा उपशाखामार्फत कारोबार गर्दै आएको छ ।