सन्राइज बैंकको निःशुल्क स्वास्थ्य शिविर «

सन्राइज बैंकको निःशुल्क स्वास्थ्य शिविर

सन्राइज बैंकको बिर्तामोड शाखाले झापाको खुदुनाबारीमा एकदिने निःशुल्क आँखा तथा कान परीक्षण शिविर सञ्चालन गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टी आई हस्पिटल बिर्तामोडको प्राविधिक सहयोगमा अर्जुनधारा नगरपालिका वडा नं. ३ वडा कार्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा पाँच सय भन्दा बढीले आँखा तथा कान परीक्षण गराएको बैंकको बिर्तामोड शाखा प्रमुख गणेशकुमार गुरागाईंले बताए । उनले बैंक नाफामुखी मात्र नभएर सेवामुखी भएकाले आफूहरु ग्राहकको सेवामा सधैँ तयार रहेको जनाए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका–३ का वडाध्यक्ष सीताराम भट्टराईले बैंकको बिर्तामोड शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पु¥याएको भन्दै खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्