प्रभु क्यापिटलद्वारा मोबाइल एपको सुरूवात «

प्रभु क्यापिटलद्वारा मोबाइल एपको सुरूवात

प्रभु क्यापिटलले प्रदान गर्ने विभिन्न सेवालाई छिटो, छरितो तथा सहज बनाउन डिजिटल एप सञ्चालनमा ल्याएको छ ।
सो मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता तथा मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरण अध्यावधिकको निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नविकरण शुल्क भुक्तानी गर्न र मेरो सेयरको पासवर्ड परिवर्तन गर्न निवेदन तथा हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सक्ने सुविधा रहेको छ ।
यस्तै मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनका लागि उपलब्ध योजनामा आवेदन दिन सकिने सुविधा पनि रहेको कम्पनीले जनाएको छ । सो एपबाट ग्राहकले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसूचकको अवस्थाको बारेमा हेर्न पाउने सुविधा रहेको छ ।
ओम्नी च्यानल प्रविधि प्रयोग गरेर बनाइएको मोबाइल एपबाट ग्राहकले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नुका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाइसीका लागि समय लिई सो समयमा भिडियो केवाइसी सम्पन्न गर्न सक्ने व्यवस्था रहेको छ । आफ्नो डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो सेयर सम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिन सकिने छ ।
प्रभु क्यापिटलले नेपाली पुँजी बजारको क्षेत्रमा सधैं नयाँ प्रविधिको विकास गरी नवप्रवर्तन तथा ग्राहकलाई सहजीकरण गर्दै आएको छ । यो प्रविधिको प्रयोगबाट प्रभु क्यापिटलका ग्राहकले कम्पनीबाट प्राप्त गर्ने अन्य विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्नुका साथै विभिन्न सेवा पनि लिनसक्ने बताइएको छ । यो मोबाइल एपलाई क्यापिटलले आफ्नै कार्यालयमा स्थापना गरिएको सर्भरमा होस्टिङ गरिएको र यसलाई विभिन्न चरणमा सुरक्षाजाँच तथा सुरक्षाको जोखिम परीक्षणपश्चात मात्रै सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्