Logo

साउनमा व्रत बस्नुका फाइदा

साउन महिना सुरु हुँदै छ । साउन महिनामा धार्मिक अनुष्ठान, पूजाआजा तथा व्रत बस्ने गरिन्छ । यो आडम्बर वा अन्धविश्वास होइन । साउन महिनामा सात्विक भोजन गर्नु, उपवास बस्नु, धार्मिक कर्ममा संलग्न हुनुको सामाजिक तथा वैज्ञानिक महत्व पनि छ । भनिन्छ, ग्रह–उपग्रहको प्रभावले यसबेला हाम्रो शरीर कमजोर हुन्छ, पाचन यन्त्र कमजोर हुन्छ । यसबेला उत्तेजना, आवेग, कामवासना बढ्छ । त्यसो त वर्षायाममा हुने वायुमण्डल ओसिलो हुन्छ, जसले विभिन्न संक्रमण फैलाउने सम्भावना अत्यधिक हुन्छ । विषालु कीराहरूको संक्रमण पनि यही बेला हुन्छ । त्यसैले शरीरमा हुन सक्ने सम्भावित संक्रमणबाट बच्न र शारीरिक स्वस्थता कायम राख्न उपवास एवं व्रतले ठूलो महत्व राख्छ । त्यस्तै, मनलाई सन्तुलित र शान्त राख्नका लागि धार्मिक कार्यक्रमले सघाउ पु¥याउँछ । विशेष गरी महिलाहरू यस महिनामा महादेवको आराधना गरी आफ्ना श्रीमान्को लामो आयुको लागि उपवास एवं व्रत बस्ने गर्छन् । त्यस्तै, विवाह नभएका युवतीहरू राम्रो श्रीमान् पाउने मनोकांक्षासहित उपवास बस्ने चलन छ । आखिर जुनसुकै मनसायले उपवास एवं व्रत बसे पनि त्यसको विधि भने सिलसिलाबद्ध हुन जरुरी छ । त्यसैले उपवास एवं व्रत बस्नुअघि निम्न कुरामा ध्यान दिनैपर्छ ।
मांसहारी मानिस पनि यस महिनामा शाकाहारी बन्ने प्रयास गर्छन् । धार्मिक अनुष्ठान, पूजाआजा तथा व्रत बस्ने पनि यही महिनामा धेरै हुन्छन् । कतिलाई यो आडम्बर वा अन्धविश्वासजस्तो लाग्ला, तर होइन । साउन महिनामा सात्विक भोजन गर्नु, उपवास बस्नु, धार्मिक कर्ममा संलग्न हुनुको सामाजिक तथा वैज्ञानिक महŒव पनि छ । उपवास एवं व्रत बस्नुअघि मानसिक तथा शारीरिक रूपमा तयार हुनुपर्छ । उपवास बसेको बेला धेरै शारीरिक श्रम गर्नु उचित हुँदैन । मनलाई शान्त राख्नुपर्छ । प्रसन्न हुनुपर्छ । साउनको सोमबार वा अन्य जुनसुकै दिन उपवास एवं व्रत बस्ने भए त्यस दिनभन्दा दुई–तीन दिन पहिलेदेखि नै फलफूल तथा तरकारीको सेवन बढी मात्रामा गर्नुपर्छ । तर यदि साउन महिनाभर उपवास एवं व्रत बस्ने हो भनेचाहिँ त्यसका लागि विशेष तयारी आवश्यक छ । उपवास एवं व्रत बस्नु दुई–तीन दिन पहिलेदेखि अलि बढी अन्न सेवन गर्ने । उपवास एवं व्रत बस्नु एक–दुई दिनअगाडि एक समय रोटी, सलाद, तरकारी तथा फलफूलको सेवन गरांै । उपवास एवं व्रत बसेको बेला एक गिलास दूध, कागती पानी, जुस र फलफूल सेवन गर्न सकिन्छ । यसले शरीरमा आवश्यक पोषक तŒवको कमी हुन दिँदैन । धेरै दिनसम्म उपवास एवं व्रत बस्ने हो भने तीन–चार दिन सम्म भोक लागेको महसुस हुन सक्छ । यस्तो अवस्थामा कागती पानी, मह वा दुई–तीन गिलास पानी पिउनाले मात्र पनि पेटको भोक हट्ने गर्छ । कतिले दिनमा एक छाक खाना मात्र पनि खाने गर्छन् । यसरी दिनभर भोकै बसेर राति एकसाथ धेरै खानेकुरा सेवन गर्नु भने हुँदैन । उपवास एवं व्रत बस्दा बिहान–बेलुकी प्रणायाम गर्नु तथा मौन रहनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । त्यस्तै, शरीर तथा मस्तिष्कलाई पनि भरपूर मात्रामा आराम दिनु उचित हुन्छ । उपवास एवं व्रत बस्दा मुख सुक्ने तथा दिसा नहुने समस्या आउन सक्छ । यसबाट बच्नका लागि अमला, नासपाती, त्रिफला, पालुङ्गोको सुप तथा करेलाको रसको सेवन पेट सफा गर्न उचित मानिन्छ । त्यस्तै उपवास एवं व्रत बस्दा पिसाब पोल्ने, पेट दुख्ने, छाती पोल्ने, कब्जियत, संक्रमण तथा गन्हाउने पसिना लगायतको समस्या पैदा हुने गर्छ । यस्तो अवस्थामा एकैपटक पानी पिउनुको सट्टा एक–एक घण्टाका फरकमा कागती पानीको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्