कोरियाबाट बिमा रकम नलिइ फर्कन्छन् नेपाली

ईपीएसमार्पmत कोरिया जाने नेपाली कामदारले अज्ञानताका कारण बिमाबापतको रकम नलिइ फर्कने गरेको पाइएको छ । कामदारले रोजगारीका क्रममा विभिन्न प्रकारका बिमा गर्ने गरे पनि रोजगार अवधि सकिएपछि नलिइ फर्केको बिमा रकमबापतको करिब १६ करोड वन कोरिया सरकारले नेपाललाई फिर्ता पठाएको छ ।
रोजगारीका लागि कोरिया गएका कामदारले आपूmले पाउनुपर्ने बिमा रकम दाबी नगरी स्वदेश फर्केपछि एचआरडी कोरिया कार्यालयले यस्तो रकम फिर्ता पठाएको हो । कोरिया सरकारले नेपाली कामदारलाई बिमा रकम माग दाबी गर्न सार्वजनिक आह्वानसमेत गरेको छ । एचआरडी कोरियाले नेपाल कार्यालयमा पठाएको बिमा रकमसेत फिर्ता लिन नेपाली कामदार आएका छैनन् । उनीहरूलाई लगातार ताकेता गर्दासमेत ३ सयभन्दा बढी नेपालीले अझै पनि आपूmले पाउनु्पर्ने बिमा रकम दाबी नगरेको कार्यालयले जनाएको छ ।
कोरियामा रोजगार अवधि पूरा गरेर विभिन्न कारणले बिमा रकम फिर्ता लिन बाँकी रहेका ३ सय नेपालीले पाउनुपर्ने १६ करोड वन अर्थात १ करोड ५० लाख रूपैयाँ कोरियाले नेपाललाई फिर्ता पठाएको छ । भाषागत तथा बिमा अधिकारसम्बन्धी ज्ञान नहुँदा ३ सयभन्दा बढी नेपाली कामदार बिमा रकम दाबी नगरी नेपाल फर्केको एचआरडी कोरिया ईपीएस शाखा नेपालका निर्देशक किहोक किमले जानकारी दिएका छन् ।
पछिल्लो तथ्यांकअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया गएर आफ्नो बसाइअवधि सकेका नेपाली कामदारमध्ये लगभग ३ सय जनाले भुक्तानी नलिएको १६ करोड ८९ लाख ८१ हजार ४४३ कोरियन वन मानव संशाधन विकास केन्द्र (एचआरडी कोरिया)सँग राखिएको छ । इ ९ भिसामा दक्षिण कोरिया छिरेका विदेशी कामदारहरूले कानुनी रूपमा अनिवार्य बहन गर्नुपर्ने बिमाबापत पाउने रकम नै नलिइ नेपाली स्वदेश फर्कने गरेका छन् । कोरियामा नेपालीले कार्यअवधि समाप्ती बिमा, ग्यारेन्टी बिमा, दुर्घटना बिमा र स्वदेश फिर्ती खर्च बिमा अनिवार्य गर्नुपर्ने बिमा नीतिमा पर्दछन् । नेपाली कामदार कोरिया गएपछि रोजगारदाताको सहकार्यमा कार्यअवधि समाप्ती बिमा र ग्यारेन्टी बिमा दर्ता गर्नुपर्छ भने कामदार आपैmंले दुर्घटना बिमा र स्वदेश फिर्ती खर्च बिमा दर्ता गर्नुपर्नु प्रावधान रहेको छ । यी ४ बिमामध्ये कार्यअवधि समाप्ती बिमा र स्वदेश फिर्ती खर्च बिमा कामदारको स्वदेश फिर्ता हुने प्रमाणित कागजपत्र बुझाएपश्चात लिन पाउने बिमाहरू हुन् ।
मानवीय बिमा रकम विदेशी कामदारहरूले बिमाअवधि समाप्त भएको दिनदेखि साम्सङ ह्वाजे बिमा कम्पनीमा ३ वर्षसम्म बिमा रकम दाबी गर्न नआएमा माथीको बिमा कम्पनीमा बिमा रकम दाबी गर्ने हदम्याद समाप्त भइ एचआरडी कोरियालाई हस्तान्तरण गर्ने प्रावधान छ । एचआरडी कोरिया नेपाल ईपीएस सेन्टरका अनुसार २०१४ मा ह्युमन बिमा रकमसम्बन्धी अधिकार प्राप्त गरी ह्युमन बिमा रकम फिर्ता अभियान लागू भएपश्चात झण्डै ८७ वटा बिमाका रकम ३६ करोड ३ लाख वन भुक्तानी गरिएको थियो । २०१७ सेप्टेम्बरसम्म २१ जनाले ह्युमन बिमा रकमको लागि आवेदन दिएका थिए ।
प्रायः एचआरडी कोरिया, नेपाल ईपीएस सेन्टरमा स्वयं उपस्थित भइ बिमा रकम दाबी गरे पनि हकवालाको निधन भइ नजिकको परिवारले बिमा रकमको लागि निवेदन दिएको २ वटा केश थिए । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी स्वदेश फर्केका कामदारहरू आफू बिमा रकमको हकदार भए नभएको जानकारी लिन ईपीएस कोरिया शाखामा सम्पर्क गर्न अनुरोध गरिएको जनाइएको छ ।