लमजुङमा एक वर्षमा ६० जना फरार अभियुक्त पक्राउ «

लमजुङमा एक वर्षमा ६० जना फरार अभियुक्त पक्राउ

लमजुङ प्रहरीले एक वर्षको अवधीमा ६० जना फरारी अभियुक्तहरूलाई पक्राउ गरेको छ । विभिन्न स्थानमा विभिन्न समयका घटनामा संलग्न भएका अभियुक्तहरूलाई लमजुङ प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङले चालू आर्थिक वर्षको श्रावण महिनादेखि असार महिनासम्मको अवधीमा ६० जना फरार अभियुक्तहरू पक्राउ गरेको जिप्रका लमजुङका प्रमुख एवं प्रहरी नायव उपरिक्षक कृष्णबहादुर कार्कीले बताए । विभिन्न मितिमा घटेका विभिन्न आपराधिक घटनामा संलग्न रहेकाहरूलाई लमजुङ जिल्ला अदालतवाट कैद र जरिवानातोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरू खोजतलास गरी फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले विशेष अभियान नै सञ्चालन गरेको हो ।
लमजुङ प्रहरीको फरार पक्राउको अभियानमा अपराधिक घटनामा संलग्न भई समाजमा निष्फिक्री हिँड्ने तथा भागी लुकी बसेकाहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूको कुल सजाय ३९ वर्ष तीन महिना नौ दिन सम्म रहेको छ भने १ करोड २६ लाख नौसय ९६ रुपैयाँ कुल जरिवाना रहेको छ ।
अपराधिक प्रवृत्तिका विरुद्धलक्षित गरेर विशेष अभियान चलाएको प्रनाउ कार्कीले बताए । अपराध गरी जतिसुकै भागे पनि कानुनी दायराबाट उम्कन नसकिने भन्दै कानुनको कार्यन्वयन गरेको प्रनाउ काकीको भनाइ छ ।
अपराधिक क्रियाकलापमा संलग्न भई कारबाही नहुँदा समाजमा थप दण्डहीनता बढ्ने तथा राज्य र कानुनको समेत अपमान हुने हुँदा कानुनतः फैसाला भइसकेका अपराधीहरूलाई जुनसुकै हालतमा पनि कारबाहीको दायरामा ल्याइने प्रहरीको दाबी छ ।
जिल्लामा पक्राउ परेका फरार प्रतिवादीहरू–कर्तव्य ज्यान, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागूऔषध, ज्यान मार्ने उद्योग लगायतका छन् । प्रहरीले नियन्त्रणमा लिएकाहरूलाई अदालतको फैसालाबमोजिम कारागार पठाउने गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्