प्रभु बैंकका ग्राहकले अल्फा हेल्थ केयरमा छुट पाउने

प्रभु बैंकका ग्राहकले अल्फा हेल्थ केयर एण्ड डाइगोनोस्टीक सेन्टरको सबै प्रयोगशाला परीक्षणमा १५ प्रतिशत छुट पाउने भएका छन् ।
छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा बैंकका मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयरका वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुलीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सबैले छुट पाउने बैंकले जनाएको छ । साथै डाक्टरको थप परामर्श चाहिएमा र डाक्टरको सुझाव अनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने बताइएको छ ।
प्रभु बैंकका ग्राहकले ५ प्रतिशत छुट फार्मेसीबाट पाउने बैंकले जनाएको छ । यसका साथै दुई हजार रुपैयाँभन्दा बढीको औषधि खरिद गरेवापत ९५ किमिको दूरीसम्म निःशुल्क डेलिभरीको व्यवस्था रहने बताइएको छ ।