घातक रोगको बिमा गरेका ग्राहकलाई एनआईसी एसिया बैंकको भुक्तानी «

घातक रोगको बिमा गरेका ग्राहकलाई एनआईसी एसिया बैंकको भुक्तानी

एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बिमाबापत ३० लाख रुपैयाँ भुक्तानी गरेको छ ।
उनीहरुलाई प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बिमा रकम भुक्तानी गरेको हो । बिमा लाभ प्राप्त गर्नेमा बैंकको स्वयम्भू शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका प्रचण्डजंग शाह र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका सञ्जित तामाङ छन् ।
उनीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा बिमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको हो ।
यस बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार १ सय ३७ जनाभन्दा बढी ग्राहकले घातक रोग बिमाबापत २ करोड ४० लाख, दुर्घटना बिमाबापत ४० लाख र मेडिकल बिमाबापत २ करोड ६९ लाख गरी कुल ५ करोड ४९ लाख भन्दा बढी बिमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।
बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बिमा (१८ वटा घातक रोगहरूको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदा, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदा भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकसमक्ष ल्याएको जनाएको छ ।
बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बिमा, कर्जा सम्बन्धी सुविधालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटीजीएस, आईपीएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवा ग्राहक एवं निजले मनोनीत गरेका अन्य ३ व्यक्तिका लागिसमेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्