दराजको पहिलो समिट सम्पन्न «

दराजको पहिलो समिट सम्पन्न

अनलाइन बजार दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ ।
सो सम्मेलनमा प्रमुख वक्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र एमओसिआइटीका सचिव डा.वैकुण्ठ अर्याल थिए । विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी थिए ।
दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले ई–कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको बताइन् । उनले दराज परिवर्तनको एक सक्रिय च्यानल भएको बताइन् ।
तीनवटा प्यानलले ‘नेपालमा परम्परागतकमर्सबाट ई–कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्स फर डिजिटल इकोनमी’ र ‘अपलिफ्टिङ कम्युनिटी एण्ड द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषय समेटेका थिए ।
दराजले चार वर्षदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । यो अवधिमा लोकप्रिय हुन सफल भएको कम्पनीको दाबी छ । दराज नेपालमा १५,००० भन्दा बढी बिक्रेता जोडिएका छन् ।
प्रतिमहिना १५ लाख सक्रिय एप प्रयोगकर्ता रहेको कम्पनीले बताएको छ । दराजले नेपालका १०१ सहरमा डेलिभरी सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्