सिभिल बैंक र चरक मेमोरियल हस्पिटलबीच सम्झौता «

सिभिल बैंक र चरक मेमोरियल हस्पिटलबीच सम्झौता

सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबीच छुट प्रदान गर्नेसम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सिभिल बैंकका ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सो सम्झौतापत्रमा बैकका गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याब÷बेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने व्यवस्था छ ।
यस छुटको सुविधा उपभोग गर्नको लागि सिभिल बैंकका ग्राहकले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाइल बैंकिङ एपमार्फत डिजिटल पेमेन्ट गर्नुपर्छ । यसका साथै आगामी दिनमा बैंक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख केसीले जानकारी दिए ।
सात लाख भन्दा बढी ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंक १२ एक्सटेन्सन काउन्टर र ९९ एटीएम रहेका छन् । बैंकले हालसम्म ९२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ८८ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्