Logo

श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास छाडे

प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले श्रीलंकामा सरकारी निवास छाडेका छन् ।
श्रीलंकाको राष्ट्रिय झण्डा र हेलमेट लगाएका प्रदर्शनकारीले राष्ट्रपति कार्यालय तोडफोड गरेका थिए । सञ्चार माध्यमहरुका भिडियो फुटेजमा प्रदर्शनकारी राष्ट्रपति भवनभित्र प्रवेश गरेको पनि देखाइएको छ ।
प्रहरीले शनिबार राति ९ बजेपछि कर्फ्यु घोषणा गरेको छ ।  प्रधानमन्त्री रनिल विक्रमासिंघेले पार्टी नेताहरुको आपतकालीन बैठक बोलाएका छन् । 
विदेशी मुद्राको सञ्चिती ज्यादै न्युन भएपछि श्रीलंकाले पछिल्लो समय आर्थिक संकट भोगिरहेको छ । उसले न्यून मात्रामा मात्र पेट्रोलियम पदार्थ, खाद्यान्न र औषधि खरिद गर्न पाएको छ ।
यसैबीच नेपाली भिक्षुहरुको एक संस्था हयान्ड्स फर श्रीलंकाको नाममा श्रीलंकाका नागरिकको लागी ओषधी हस्तान्तरण गरिएको छ । सोमबार काठमाडौंस्थीत श्रीलंकन राजदूतावासमा उनीहरुले उक्त सहायता हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्