तरलता अभाव सुधार्न परिसंघको आग्रह «

तरलता अभाव सुधार्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले मुलुकको पछिल्लो आर्थिक अवस्था र सुधार्न चालिनुपर्ने कदम, बजेटको सफल कार्यान्वयनका लागि
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मौद्रिक नीतिको सुझाब दिँदै सरकारको ध्यानाकर्षण गराएको हो । यस्तै लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीति मार्फत सम्बोधन गर्न चालिनुपर्ने विषय, विदेशी विनिमय संचिति, लगानी प्रवद्र्धन गर्न तत्काल एवं दीर्घकालिन रुपमा लिइनुपर्ने नीतिका विषयमा पनि परिसंघले सरकारलाई सुझाव दिएको छ ।
यसैगरी विश्वव्यापी रुपमा देखिएको इन्धन संकट र त्यसले देशको अर्थतन्त्रमा पारेको असरका विषयमा पनि प्रधानमनत्री देउवासँग छलफल भएको परिसंघले जनाएको छ । अध्यक्ष अग्रवालले मुलुकको आर्थिक अवस्थाको विषयमा जानकारी दिँदै बैंक तथा वित्तीय क्षेत्रमा भएको तरलता अभाव सुधार्न चालिनुपर्ने कदमका बारेमा जानकारी दिए ।
तरलता अभावका कारण नयाँ उद्योग, लगानी विस्तार हुन नसकिरहेको अवस्था एवं तरलता समस्या समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने विषयमा उनले सुझाव दिए । उनले २३ र २४ भदौमा हुने पूर्वाधार सम्मेलनका बारेमा जानकारी दिए ।
परिसंघको युवा उद्यमी मञ्चले हालै सम्पन्न गरेको सीएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्टको विषयमा पनि जानकारी गराउँदै युवाहरुमा उद्यमी बन्ने चासो निकै बढेको अग्रवालले बताए । सो फेस्टमा ५ हजार युवाहरुको सहभागिता रहेको थियो भने ७ वटा उत्कृष्ट स्टार्टअप्सका लागि २४ करोड ५० रुपैयाँ लगानी प्रतिबद्धता भएको उनले जानकारी दिए ।

भेटमा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, महानिर्देशक दीपकराज जोशी, परिसंघ युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष च्याङ अग्रवाल लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्