भन्सारले सामान रोक्नुको कुनै अर्थ छैन : मन्त्री बडू «

भन्सारले सामान रोक्नुको कुनै अर्थ छैन : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजस्व लक्ष्य पूरा गर्न चोभार सुक्खा बन्दरगाह आउने कन्टेनरहरु वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन् ।
बिहीबार मन्त्रालयमा चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवालासँगको छलफलमा मन्त्री बडूले राजस्व संकलनको लक्ष्य पूरा गर्नकै लागि वीरगञ्जमा सामान ब्लक गर्दा ब्लकको ब्लक रहने र नाकाको लोड नहट्ने हो भने कुनै अर्थ नहुने भन्दै त्यस्तो गर्न नहुने बताए ।
मन्त्री बडूले वीरगञ्ज नाकाबाट काठमाडौं उपत्यकामाआउने सामानधेरै भएकाले त्यसको लोड घटाउन सके छिटो छरितो हुने बताए । उनले छिटो छरितो भएर सुविधाहरु बढ्दै जाँदा राजस्वा पनि वृद्धि हुने बताए । मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहलाई गतिशिल र पूर्णरुपमा चलाउन कहाँ के समस्या रहेको छ बुझ्न इन्टरमोडललाई निर्देशन दिए ।
मन्त्री बडूले चोभार सुख्खा बन्दरगाहमा राज्यको ठूलो लगानी रहेकाले तत्काल पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले बन्दरगाह सञ्चालनमा ल्याउन मार्केटिङ, रेडियोमार्फत प्रचारप्रसार गर्न निर्देशन दिए । मन्त्री बडूले बन्दरगाह सञ्चालनमा भएका समस्या र नीतिगत समस्या भए सरकार परिर्वतन गर्न तयार रहेको बताए ।
मन्त्री बडूले भन्सार एजेण्डा तथा एलसी समस्या भए राष्ट्र बैंक, अर्थ मन्त्रालय र गोदाम व्यवस्थापनसँग समन्वय गरेर तत्काल चोभार सुक्खा बन्दरगााह सञ्चालनमा ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्