नेपाल एसबिआई बैंकले मनायो २९औं वार्षिकोत्सव «

नेपाल एसबिआई बैंकले मनायो २९औं वार्षिकोत्सव

नेपाल एसबिआई बैंकले २९औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ ।
भर्चुअल रुपमा गरिएको सपथ कार्यक्रममा बैंकका कर्मचारीलो बैंकको विकास र ग्राहकको सेवाका लागि आफ्नो प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिका बारेमा प्रकाश पारे । उनले बैंकको दीगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए । त्यसैगरी बैंकका डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पु¥याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरे ।
प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे । यसका साथै, बैंकले भर्चुअल साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो । बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङ सेवा, १२९ एटीएमर १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्