Logo

एकै दिन १६ सयले घट्यो सुनको मूल्य : प्रवक्ता साह

विश्व बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण सुनचाँदीको बजार मूल्य खस्किएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ । महासंघका प्रवक्ता मनोजकुमार साहका अनुसार यो साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
उनका अनुसार अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिसँगै लगानीकर्ताहरु डलरतर्फ आकर्षित भई सुन बिक्रीको चाप पर्न थालेपछि मूल्यमा कमी आएको हो ।
मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन प्रतितोलामा ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको प्रवक्ता साहले बताए । यस्तै, चाँदीको मूल्य पनि बुधबार ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्