बर्दियाको राजापुरमा एभरेष्ट बैंकको शाखा «

बर्दियाको राजापुरमा एभरेष्ट बैंकको शाखा

एभरेष्ट बैंकले बर्दियाको राजापुरमा नयाँ शाखा विस्तार गरेर सञ्चालनमा ल्याएको छ ।
राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरेका छन् । सो समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर नगरपालिका वडा– ४ का अध्यक्ष बिदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राजापुर नगरपालिका–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको थियो ।
बैंकको हाल लाखौं ग्राहक संख्या रहेको छ । बैंकका हाल ११७ शाखा, १५१ एटीएम, ३१ राजस्व संकलन काउन्टर र यसको व्यापक विश्वव्यापी नेटवर्कमार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्