सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम «

सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरुलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ ।
बैंकिङ शिक्षाको आयोजनामा विद्यार्थीलाई लक्षित गरी उक्त साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । सहभागी करिब ३ सय भन्दा बढी विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्था, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे जानकारी दिए । अन्य प्रदेशको तुलनामा डिजिटल बैंकिङको प्रयोगकर्ता कम रहेको भन्दै यसको प्रयोगमा जोड दिए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले वित्तीय साक्षरता समाजका सबै तह र तप्काका मानिसलाई आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाई बैंक खाता खोल्न र बचत संस्कारको सुरुवात गर्न प्रोत्साहन गरे ।
यस्तै नबिल बैंक धनगढी शाखा प्रबन्धक तेज भट्टले बैंक तथा वित्तीय संस्थाले दिने सेवा, सुविधाबारे जानकारी गराए । उनले वित्तीय रुपमा साक्षर हुँदाका अनेकौं फाइदा रहेको भन्दै सानै उमेरदेखि यसबारे जानकारी लिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्