मन्त्री कुँवरले गरे ईपीएस प्रणालीमार्फत कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अनुगमन «

मन्त्री कुँवरले गरे ईपीएस प्रणालीमार्फत कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अनुगमन

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ईपीएस प्रणालीमार्फत कोरिया जाने कामदारका लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन् । मंगलबार दिउँसो ललितपुरको भैंसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन् ।
मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा बुझ्नु भएको छ । रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभाग अन्तरगत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिने गर्छ । यो वर्ष पनि जेठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २ सय जनाले परीक्षा दिइरहेका छन् ।
अहिले विद्यार्थीले युविटीमार्फत परीक्षा दिइरहेका छन् । परीक्षाको एक दिनअघि विद्यार्थीको बाडोमेटिक तथ्यांक राख्ने काम गरिन्छ । त्यसमा परीक्षामा सहभागी हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियनले परीक्षा लिने गर्छ ।
यो वर्ष ४४ हजार जना कृषि र पशुपान तर्फको परीक्षमा सहभागी भएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्