एनसेलको पहलमा रिङरोड ग्रीन बेल्ट «

एनसेलको पहलमा रिङरोड ग्रीन बेल्ट

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको उद्घाटन गरिएको छ ।
एनसेलले वनतथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्रमाझ सो ग्रीन बेल्ट उद्घाटन गरेका छन् । एनसेलले यस सामाजिक पहलअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माण सम्पन्न गरेर यस क्षेत्रको संरक्षण गर्दै आएको छ ।
यो परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको भन्दैकम्पनीले यसले रिङरोड सडक खण्डमा सफा र हरियालीलाई प्रवद्र्धन गरेको दावी गरेको छ । यस कार्यक्रमअन्तर्गत रहि एनसेलले ल्यान्डस्केपिङसहित हरियाली निर्माण र संरक्षणबाहेक कोटेश्वरदेखि कलंकी सडक खण्डमा वृक्षारोणमा पनि योगदान पु¥याएको छ । यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पु¥याउनुका साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पु¥याउने भएकोले एनसेलले सन् २०२४ सम्म यस ग्रीनबेल्टको संरक्षण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्