Logo

खल्तीबाट एलआईसी नेपालको बिमा प्रिमियम भुक्तानी गर्न सकिने

खल्तीले आफ्ना प्रयोगकर्तालाई डिजिटल रूपमा बिमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ ।
विभिन्न बिमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बिमा भुक्तानीको नयाँ सुविधा थपेको हो । जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको खल्तीले जनाएको छ ।
प्रिमियम तिर्नका लागि प्रयोगकर्ताले एलआइसीको वेबसाइटमा गई भुक्तानी विधिको रूपमा ‘खल्ती’ प्रयोग गरी आफ्नो भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन् । यो सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा फाईदा पुग्ने ‘खल्ती’ का प्रमुख कार्यकारी निर्देशक विनय खड्काको भनाइ छ ।
५हजार भन्दा माथिको नविकरण बिमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्