राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र सम्मृद्धि : उपाध्यक्ष ढकाल «

राज्य र निजी क्षेत्रबीचको सहकार्यले मात्र सम्मृद्धि : उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार तथा निजी क्षेत्रबीचको सहकार्यले मात्र जनअपेक्षा अनुरूपको विकास र सम्मृद्धि हासिल गर्न सम्भव भएको बताएका छन् ।
चन्द्रागिरि उद्योग वाणिज्य संघद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यको महत्वलाई बुझेर अगाडि बढ्न जनप्रतिनिधिहरूलाई आग्रहसमेत गरे ।
उनले स्थानीय जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा धेरैभन्दा धेरै उद्योग व्यवसाय सञ्चालन गर्ने, लगानी भित्र्याउने र रोजगारी सिर्जना गर्ने विषयमा एकआपसमा स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
यसरी प्रतिस्पर्धा गर्दा स्थानीय निकायले स्थानीय लाई रोजगारी सिर्जना गर्ने, भौतिक पूर्वाधार निर्माण हुने र राजस्व पनि संकलन हुने उनले बताए । ढकालले चन्द्रागिरि हिल्सले चन्द्रागिरिका स्थानीयलाई रोजगारी दिएको, स्थानीय उत्पादनको प्रवद्र्धन गरेको र अन्य सामाजिक क्षेत्रमा सहयोग पु¥याएको बताए ।

प्रतिक्रिया दिनुहोस्