एलओडी विश्व भरीमा ५२ औं क्लबमा पर्न सफल «

एलओडी विश्व भरीमा ५२ औं क्लबमा पर्न सफल

एलओडी (लर्ड अफ् द ड्रिंक्सले) औपचारिक रूपमा डिजे माग एक सयैमा विश्व भरी ५२ औं स्थान प्राप्त गर्न सफल भएको छ ।
यो उपलब्धिले एलओडी क्लबलाई नेपालको नम्बर १ क्लबको रूपमा चिनाउन सफल भएको छ । १३ फेब्रुअरी, २०१९ मा स्थापना भएको एलओडीले नेपालको क्लबिङ संस्कृतिलाई प्रवद्र्धन गरी, क्लब प्रेमीहरू इडीएम प्रेमीहरूलाई उदाहरणीय क्लबिङ अनुभव प्रदान गर्दै आएको दावी गरेको छ । गुणस्तरीय सेवा सुविधाका साथै अद्यावधिक प्रविधि, जीवन्त वातावरण र गुणस्तरीय संथीतले आकर्षक गरेको क्लबले दावी गरेको छ ।
अहिलेको परिवेशमा नेपालको रात्रि जीवन अलगै तरीकाले फस्टाइ रहेको देखिन्छ । एलओडी क्लबिङ संस्कृतिमा केन्द्रित रहेर नेपाललाई विश्वमा चिनाउन सफल रहेको बताइएको छ । यसले अन्य क्लब र व्यवसायहरूका लागि देशलाई विश्वमा चिनाउने र विश्व पुँजीकरण गर्न सकिने सकारात्मक बाटो देखाएको छ । नेपाली कलाकारहरूको प्रवद्र्धन, उत्कृष्ट कार्यक्रमहरूको आयोजनार प्रसिद्ध अन्तर्राष्ट्रिय कलाकारहरूको अनुभव एलओडीले क्लब प्रेमीहरू सामु ल्याउँदै आएका जनाएको छ ।
रूपमा डिजे माग एक सयै क्लबहरूमा एलओडी ५२ औं पदानुक्रममा परेकोले नेपाली क्लब प्रेमीहरूलाई मनोरञ्जन गर्न थप प्रसिद्ध अन्तर्राष्ट्रिय कलाकारहरूको परिचय गराउने प्रारम्भिक कदम रहेको क्लबले जनाएको छ । एलओडीका संस्थापक रबिन श्रेष्ठले भने, “हामी विश्वास गर्छौँ, जब क्लबिङ उद्योग आफैं ठूलो र राम्रो हुन्छ तब हामी सबैलाई फाइदा हुन्छ । यो उपलब्धि एलओडीद्वारा हासिल भए पनि, मनोरञ्जन उद्योगमा अन्य क्लबहरूर व्यवसायहरूका लागि सकारात्मक उपलब्धिको प्रतिनिधित्व गर्ने बताइएको छ ।”

प्रतिक्रिया दिनुहोस्