अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ बिक्री खुला «

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ बिक्री खुला

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
१ सय रुपैयाँ अंकितका दरले १९ लाख ५७ हजार ५०० कित्तामध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
कम्पनीको आईपीओ २० असारमा निष्कासन भइ छिटोमा २३ असार र ढिलोमा २ साउनमा बन्द हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयर खातामार्फत् आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्