Logo

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्माको उम्मेदवारी

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी दिएका छन् ।
परिषद्का वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
उनले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसी क्यामरा जडान गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
आफू अध्यक्षमा निर्वाचित भए ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरब्ेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने अध्यक्ष पदका उम्मेदवार शर्माको प्रतिवद्धता छ । अध्यक्ष शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्री तिमल्सिनाले उम्मेदवारी घोषणा गरक्ँ छन् । बाँकी पदमा पनि चाँडै नै उम्मेदवारी घोषणा गर्ने अध्यक्षका उम्मेवार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्