रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा «

रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा

रिलायन्स लाइफ इन्स्योरेन्सले सोमबार विशेष साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभामा अध्यक्ष ताराचन्द केडियाले छलफलका लागि विभिन्न प्रस्तावहरू प्रस्तुत गरेका थिए । सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पुँजी वृद्धि एवंं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने ÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बिमा कम्पनीको पहिचान र छनौट गर्ने निर्णय पनि गरेको छ ।
यी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय भएको कम्पनीको भनाइ छ । साथै, सो सभाले कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँबाट वृद्धि गरी ५ अर्ब रुपैयाँ हुने गरी प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्